चुनाव दोबाटोमा छ, जेन–जीका माग सम्बोधन भएनन् : विप्लव
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १३:१९
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकको राजनीतिक सङ्कट अझै अन्त्य नभएको दाबी गरेका छन् ।
बिहीबार बुद्धनगरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान चुनावी प्रक्रिया ’दोबाटो’मा उभिएको टिप्पणी गरेका हुन् ।
महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले केवल निर्वाचनलाई मात्र प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनका अनुसार जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, संविधान पुनर्लेखन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जस्ता मुद्दाहरूलाई सरकारले उपेक्षा गरेको छ ।
‘अवस्था अस्वस्थ र अविश्वसनीय रहेको बेला सबै पक्ष सन्तुलित भएर अघि बढ्नुपर्छ,’ विप्लवले भने, ‘जेन–जी विद्रोहले अघि सारेका परिवर्तनका एजेन्डाहरू सम्बोधन नभएसम्म जनता र विद्रोही शक्तिहरू सन्तुष्ट हुन सक्ने अवस्था छैन ।’
Facebook Comments