पूर्व गृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाने
आयोगलाई सहयोग गर्ने प्रतिबद्धता
मेयरसाप डेस्क
|
२०८२ पुष १० गते १७:०३
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले आयोगले घटनाबारे जानकारी लिन आफूलाई बोलाएको र त्यसमा सहयोग गर्नु आफ्नो दायित्व भएको उल्लेख गरे ।
आयोगले उनलाई शुक्रबारका लागि बोलाएको भए तापनि केही समय व्यवस्थापन गरी आगामी सोमबार मात्र उपस्थित हुने जानकारी दिए । ‘आयोगले भोलिका लागि बोलाएको थियो, तर मैले सोमबार आउँछु भनेर खबर पठाएको छु,’ लेखकले भने ।
भाद्रको सो घटनाका समयमा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए, जसका कारण आयोगले उनीसँग तत्कालीन परिस्थितिबारे सोधपुछ गर्न लागेको हो ।
Facebook Comments