ज्वागलबाट १२ घण्टापछि बाहिरिए मेयर बालेन
No Author Assigned | २०८२ पुष ११ गते २०:२५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ज्वागलस्थित आफ्ना सहयोगी कुमार बेनको निवासबाट करिब १२ घण्टापछि बाहिरिएका छन्।
बिहान करिब ८ बजेदेखि त्यहाँ पुगेका मेयर शाह साँझ करिब ८ बजे बाहिरिएका हुन्। उक्त समयावधिमा उनी विभिन्न राजनीतिक भेटघाटमा सक्रिय देखिएका थिए।
मेयर शाहले राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने सन्दर्भमा ऊर्जा मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग छलफल गरेका थिए।
त्यसैगरी नेपाली कांग्रेसका नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बम तथा ‘जेन–जी’ का प्रतिनिधिसँग पनि उनले भेटघाट गरेको जनाइएको छ।
मेयर शाहको पछिल्लो राजनीतिक गतिविधिलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।
Facebook Comments