श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष नेकपा प्रवेश

प्रचण्डले गरे स्वागत

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते १०:३०
Image of https://mayorsap.com/storage/photos/shares/mitra-pariyar-1766723049.jpg

काठमाडौं । श्रम संस्कृति पार्टीबाट निलम्बनमा परेका उपाध्यक्ष डा. मित्र परियार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शुक्रबार बिहान ललितपुरको हात्तीवनस्थित नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर उनले औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरेका हुन् ।

डा.परियारलाई प्रचण्डले खादा ओढाएर पार्टीमा स्वागत गरे । उनलाई तत्कालका लागि नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी दिने समझदारी भएको छ, भने अन्य सांगठनिक जिम्मेवारीबारे पछि निर्णय गरिने प्रचण्डको सचिवालयले जनाएको छ ।

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा दोस्रो वरीयतामा रहेका परियारलाई गत मंसिर ५ गते बुटवलको एक सभामा ‘अभद्र अभिव्यक्ति’ दिएको र आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष साम्पाङले उपाध्यक्ष पदबाट निलम्बन गरेका थिए ।


Facebook Comments