पूर्व रथी शर्मा परराष्ट्र मन्त्री नियुक्त हुँदै, आजै शपथ
मेयरसाप डेस्क
|
२०८२ पुष ११ गते १३:०८
काठमाडौं । नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा नयाँ परराष्ट्र मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शर्माको नियुक्ति र शपथ ग्रहण आजै सम्पन्न गर्ने गरी तयारी भइरहेको छ । अनुभवी सैन्य पृष्ठभूमि र रणनीतिक योजनामा दख्खल राख्ने शर्मालाई वर्तमान सरकारले परराष्ट्र मामिलाको महत्त्वपूर्ण जिम्मेवारी सुम्पन लागेको हो ।
पूर्व रथी शर्मासँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको लामो अनुभव छ । माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने ऐतिहासिक कार्यका लागि गठित ’विशेष समिति सचिवालय’को उनले संयोजकका रूपमा नेतृत्व गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उनले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको प्रमुख कार्यकारी अधिकृत भएर महामारी नियन्त्रणमा काम गरेका थिए ।
उनी स्थापनाको चरणमा रहेको ’राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय’का प्रमुख थिए, भने संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा ’फोर्स कमाण्डर’ जस्तो गरिमामय पदमा समेत कार्य गरिसकेका छन् ।
Facebook Comments