विराटनगर महानगरपालिकाद्वारा पशुचौपायालाई निःशुल्क खोप दिन सुरु

सबै वडाका २४ हजार १०० खसीबाख्रालाई पिपीआर खोप दिने

No Author Assigned | २०८२ पुष १२ गते १९:४६
Image of https://mayorsap.com/storage/photos/shares/biratnagar-mahanagar-palika.jpg

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको छ ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआररस्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो। विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फार्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए।

सबै वडामा किसानले पालेका २४ हजार १०० खसीबाख्रालाई पिपीआर खोप लगाइनेछ। त्यस्तै सुँगुर–बङ्गुरलाई एक हजार १०० डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए।

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले यस किसिमको खोपबाट पशुमा अनाहक रूपमा लाग्ने रोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 


Facebook Comments