दुई दिनदेखि बेपत्ता व्यक्ति मृ*त फेला, ह*त्याको आशङ्का
No Author Assigned | २०८२ पुष १२ गते २०:१४बैतडी । दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन्।
यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी आज स्थानीय गिठीखोला भिरमा मृत फेला परेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।
बुधबार स्थानीय बजारमा मासु ल्याउन गएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा आज अपराह्न मृत फेलापरेका र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ र अनुसन्धान सुरु भएको जनाइएको छ। मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।
Facebook Comments