मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय
No Author Assigned | २०८२ पुष १३ गते १८:०२एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएपछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ ।
नाजिबलाई राज्य लगानी कोष १– मलेसिया डेभलपमेन्ट बरहाद (१–एमडिबी) बाट अवैध रूपमा २.२ अर्ब मलेसियन रिङ्गिट (करिब ५४ करोड ३० लाख अमेरिकी डलर) आफ्नो व्यक्तिगत बैंक खातामा हस्तान्तरण गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ । अदालतले उनलाई शक्तिको दुरुपयोग गरेको चार वटा आरोप र सम्पति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर गरेको छ ।
फैसला सुनाउँदै न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले यो मुद्दा राजनीतिक रूपमा सञ्चालित भएको भन्दै नाजिबको बचाउलाई अस्वीकार गरेका छन् ।
Facebook Comments