पूर्वगृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाँदै
मेयरसाप डेस्क
|
२०८२ पुष १४ गते ०८:५२
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोग समक्ष आज बयान दिने भएका छन् । उनी दिउँसो १२ बजे आयोगमा गएर घटनाबारे छलफल गर्ने तय भएको लेखकको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् ।
जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । यस्तै, लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछन् ।
Facebook Comments