आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

User Image मेयरसाप डेस्क | २०८२ पुष १४ गते १२:३४
Image of https://mayorsap.com/storage/photos/shares/gold-and-silver_1.jpg

काठमाडौं । कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो भने आज ६ सयले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Facebook Comments