अन्तिम समयमा नाम हेरफेर हुँदा कांग्रेसले अझैसम्म बुझाउन सकेन समानुपातिक उम्मेदवारको सूची
No Author Assigned | २०८२ पुष १६ गते ०९:२६
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची अझैसम्म पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। आयोगले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने जनाएको छ।
सोमबार दिउँसै कांग्रेस नेता मिनबहादुर विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए। तर, पछि सूचीमा समेटिएका नाम हेरफेर गर्दा ढिलो भएको बताइएको छ ।
समानुपातिक नामावली बुझाउनको लागि अहिले पनि आफूहरू निर्वाचन आयोगमै रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसमा उम्मेदवार छनोटमा विवाद हुँदा सूची बनाउने क्रममै ढिला भएको कांग्रेस स्रोतले जनाएको छ ।
Facebook Comments