घरबिहीन नथु दमाईले पाए नयाँ घर

User Image मुकेशकुमार यादव | २०८२ पुष १५ गते १०:०५
Image of https://mayorsap.com/storage/photos/shares/ghar_1.jfif

सिरहा । सिरहाको गोलबजार नगरपालिका– ३ का नथु दमाईलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।  युवा समाजसेवीहरुको पहलमा लामो समयदेखि घरबिहीन जीवन बिताउँदै आएका ६४ वर्षीय नथुलाई घर हस्तान्तरण गरिएको हो ।  

नथु दमाईको सपनालाई यथार्थमा बदल्न स्थानीय युवा नेता दिपेश मोक्तान, तेजेन्द्र लामा (कुमार), आनन्द पाख्रिन र रत्न कुमार घिसिङको पहलमा घर निर्माणकार्य गरिएको हो।  उनीहरुले चन्द संकलन गरेर घर निर्माण गरेपछि आफ्नै घरको छानामा बस्ने नथुको सपना पुरा भएको छ । नयाँ घर पाएपछि भावुक बनेका नथुले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै जीवनकै ठूलो सपना पूरा भएको प्रतिक्रिया दिए। 

दिपेश मोक्तानको अध्यक्षतामा सम्पन्न भएको घर हस्तान्तरण कार्यक्रममा दलित महिला केन्द्र नेपालका निर्देशक तेजेन्द्र लामा (कुमार), वडा नम्बर ३ का अध्यक्ष धनप्रसाद मोक्तान, समाजसेवी अजिरमान थापा, हिमालयन पब्लिक स्कुलका सञ्चालक पुरुषोत्तम बुढाथोकी, ट्रिनिटी स्कुलका सञ्चालक दिलीप बुढाथोकीलगायत पत्रकार, समाजसेवी तथा सहयोगी दाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Facebook Comments