आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २०८२ पुष १५ गते ११:४१
Image of https://mayorsap.com/storage/photos/shares/gold-and-silver_1.jpg

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


Facebook Comments