बाजुरामा अत्याधिक जाडोः पानी जमेर बरफ (फोटोफिचर)
गोविन्द तिमिल्सेना
|
२०८२ पुष १५ गते १८:२१
बाजुरा । बाजुरामा अत्याधिक जाडोले पानी जमेर बरफ भएको छ। हिउँदको समय हिउँ नपर्दा अत्यधिक जाडोले पानी जमेर बरफमा परिणत भएको हो।
यहाँका ९ वटै स्थानीय तहमा यतिबेला पानीका धारा, ताल तलाउ र खोलामा पानी जमेको हो। रातिको समयमा अत्यधिक चिसो हुने भएकोले स–साना खोल्सा, तलाउ, धाराको पानीमा बरफ जम्न थालेको हो । बाजुराका ९ वटै स्थानीय तहमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ ।

बिहान र बेलुकीपख अत्याधिक जाडोले पानीका मुहान, धारा, तालमा पानी जमेर बरफ हुन थालेको बाजुराको बडीमालिकाका स्थानीय कविराज पण्डितले बताए ।

त्यस्तै उत्तरी भेगमा पनि तापक्रम माइनसमा झरेकाले पानी बरफमा परिणत हुन थालेको बाजुराको पाण्डुसैनका स्थानीय अमर कठायले बताए ।दिउँसो घाम लागेको बेला पनि जमेको पानी बिलाउन नसक्ने अवस्था रहेको उनले बताए ।

अत्याधिक जाडोले यहाँका बालबालिका लगायत बृद्धबृद्धालाई स्वास्थ्य समस्या हुनुका साथै दैनिक अस्पतालमा विरामीको चाप बढ्ने गरेको छ। जाडोले बिहान–बेलुकी काम गर्न समेत समस्या हुने गरेको छ ।







Facebook Comments