बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा बंगलादेश प्रस्थान
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते ०९:३४
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगालादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ ।
Facebook Comments