काठमाडौंमा आज एकता घोषणा सभा गर्दै रास्वपा
रविसहितका नेताले सम्बोधन गर्ने
No Author Assigned | २०८२ पुष २२ गते ०९:३४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज एकता घोषणा सभा गर्दैछ । आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा हुने रास्वपाले जनाएको छ । एकता सभालाई पार्टी सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
रास्वपाले थरुहटका नेताहरूलाई काठमाडौंमा एकता घोषणा सभा गरेर आफ्नो पार्टीमा भित्र्याउन लागेको हो। यसअघि उनीहरू रञ्जिता श्रेष्ठ नेतृत्वको तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता थिए। नाउपाका रुपन्देहीका पूर्वजिल्ला अध्यक्षसहित ३३ जना नेता आज रास्वपामा समाहित हुन लागेका हुन्।
रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता–कार्यकर्ताले रास्वपा रोजेका हुन् । रास्वपाले पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
Facebook Comments