स्वास्थ्य बीमामा निर्णायक कदम चाल्ने बेला आएको छः स्वास्थ्य मन्त्री गौतम

User Image मेयरसाप डेस्क | २०८२ पुष २१ गते १३:५९
Image of https://mayorsap.com/storage/photos/shares/photo-11bc2c50.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बीमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बीमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडौं रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बीमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताइन् ।

उनले वर्तमान सरकारले बीमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।

उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौं, त्यसमा बीमा, औषधी र आपूर्ती रहेको छ । बीमाको विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बीमा ठिक तरिकाले चलिरहेको छैन्, धेरै नै गाह्रो अवस्था छ । करोडौंको भुक्तानी बाँकी छ ।’


Facebook Comments