आजदेखि लागू हुनेगरी “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध

User Image मेयरसाप डेस्क | २०८२ पुष २१ गते १५:३२
Image of https://mayorsap.com/storage/photos/shares/86438a13-dc11-47a1-9bdc-80327e7afa51.jpg

एजेन्सी । बेलायतमा सोमबारदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाइएको छ ।

चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै–हरेक वर्ष बच्चाहरूको आहारबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साँझ ९ बजे भन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापनहरू बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाहरूको सङ्ख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ । 

यसको कार्यान्वयन–पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ ।  जसमा पूर्व–प्याकेज गरिएका वस्तुहरू जस्तै मिल्कशेक, रेडी–टु–गो कफी र मीठो दही पेयपदार्थहरू समावेश छ ।

स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्टफूड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ ।

सरकारले विज्ञापनले बच्चाहरूलाई प्रभावीत पारी कम उमेरदेखि नै जङ्क फुड खान प्ररेति गरी मोटोपना र सम्बन्धित रोगहरूको जोखिम बढाउने तर्क प्रस्तुत गरेको छ । 

यसले इङ्गल्यान्डमा प्राथमिक विद्यालय सुरु गर्ने पाँच वर्ष उमेरका २२ प्रतिशत बालबालिकाहरूमा अधिक तौल वा मोटो पनले ग्रसित हुने र माध्यमिक विद्यालयमा पुग्दासम्म प्रभाव झनै बढी हुने गरेको जनाइएको छ । 

अधिकारीहरूका अनुसार सामान्यतया पाँचदेखि नौ वर्ष उमेरका साना बच्चाहरू जङ्क फुडको सेवनपछि  दाँतको समस्या समाधानका  लागि बेलायतको अस्पतालमा भर्ना हुने गरेका छन् । 

“राति ९ बजे भन्दा पहिले जंक फूडका लागि विज्ञापनहरू प्रतिबन्धित गरि अस्वस्थ्यकर खानाहरूको अत्यधिक जोखिम हटाउने  स्वास्थ्य मन्त्री एशले डाल्टनले विज्ञप्तिमार्फत जनाएका छन्

 


Facebook Comments