एमालेको सचिवालय बैठक आज बस्दै

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते ०८:३०
Image of https://mayorsap.com/storage/photos/shares/UML-sachibalaya.jpg

काठमाडौं ।  एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठक बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने भएको छ ।  


Facebook Comments