वीरगन्जमा बेलुका ६ बजेसम्म लम्बियो कर्फ्युको समय

आदेश नमान्नेलाई गोली चलाउने अधिकार

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १३:१०
Image of https://mayorsap.com/storage/photos/shares/photo-7-cf240589.jpg

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा जारी कफ्र्यु आदेश मंगलबार बेलुका ६ बजेसम्मका लागि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्था अझै सामान्य नभएको भन्दै दिउँसो १ बजेसम्मको समयलाई ५ घण्टा बढाएर बेलुका ६ बजेसम्म पुर्याएको हो ।

सम्भावित अवाञ्छित गतिविधि र हिंसा रोक्न पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया, दक्षिणमा शंकराचार्य गेट र उत्तरमा गण्डक चोकसम्मको क्षेत्रलाई निषेधित घोषणा गरिएको छ ।

यस अवधिमा भेला, जुलुस र प्रदर्शनमा पूर्ण रोक लगाइएको छ भने अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।

सीडीओ भोला दाहालका अनुसार आदेश उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिनेछ र सुरक्षाकर्मीलाई आवश्यक परे गोली चलाउनेसम्मको अधिकार दिइएको छ ।


Facebook Comments