सरकार र विदेशी शक्तिले चुनाव सार्ने षड्यन्त्र गर्दैछन् : ओली
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १३:५४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र केही विदेशी शक्तिहरू मिलेर निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा राजनीतिक ब्रिफिङ गर्दै ओलीले कांग्रेस र एमालेबीचको बढ्दो सामीप्यताबाट अत्तिएका शक्तिहरूले निर्वाचनलाई अन्योलमा पार्न खोजेको दाबी गरे ।
अध्यक्ष ओलीले देशमा निर्वाचनको वातावरण अझै नबनेको र चुनावलाई विभिन्न चरणमा बाँडेर टार्ने खेल भइरहेको बताए । उनले बैठकमा न्यायपालिकामाथि भइरहेको दबाब र धम्कीप्रति पनि आपत्ति जनाए ।
‘संसद् पुनस्र्थापना हुन नदिने र न्यायाधीशहरूलाई प्रभावित पार्ने काम भइरहेको छ,’ ओलीले भने । उनले नेपालको राष्ट्रिय अखण्डता र अस्तित्व जोगाउनु चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै पार्टी पंक्तिलाई सतर्क रहन निर्देशन समेत दिए ।
Facebook Comments