तोलामा ४ सय रूपैयाँले घट्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते ११:१७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।
मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments