वीरगन्जमा छिमेकीकाे छु*रा प्र*हारबाट २ जना घाइते
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते १३:०१
वीरगन्ज । वीरगन्ज महानगरपालिका–१६ घुसुकपुरमा मंगलबार साँझ छिमेकीबीचको पुरानो रिसिबीले उग्र रूप लिँदा दुई युवामाथि धारिलो हतियार प्रहार भएको छ ।
घरअगाडि आगो तापेर बसिरहेका विकास महतो र सुरज महतोमाथि उनीहरूकै छिमेकीले अचानक आक्रमण गरी घाइते बनाएका हुन् ।
साँझ करिब पौने ७ बजे भएको उक्त आक्रमणमा विकासको टाउको र सुरजको पेटमा गहिरो चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार प्रारम्भिक अनुसन्धानले आक्रमणको कारण पुरानो रिसिबी र पहिलेको विवाद देखाएको छ ।
घाइते दुवैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ र चिकित्सकहरूका अनुसार उनीहरूको अवस्था हाल खतरामुक्त छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।
Facebook Comments