१३ अंकले घट्याे नेप्से, ५ अर्बमाथि काराेबार

User Image मेयरसाप डेस्क | २०८२ पुष २३ गते १५:३०
Image of https://mayorsap.com/storage/photos/shares/nepse-ghatyo-1.jpg

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारको परिसूचक नेप्से १३.३५ अङ्कले घटेर २६३५ विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन २६४९ अङ्कमा रहेको बजारमा आज कारोबार रकम पनि उल्लेख्य घटेर ५ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ ।

आज १८७ कम्पनीको सेयर मूल्य घट्दा ६२ कम्पनीको बढ्यो भने १० कम्पनीको स्थिर रह्यो । समूहगत आधारमा फाइनान्स समूह मात्र ०.२१ प्रतिशतले बढ्यो भने व्यापार समूह स्थिर रह्यो । अन्य सबै उपसमूहहरू ओरालो लागेका छन्, जसमा होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहमा १ प्रतिशतभन्दा बढीको गिरावट देखियो ।

व्यक्तिगत कम्पनीमा नारायणी डेभलपमेन्ट बैंकको मूल्य ६.०८ प्रतिशतले बढेर सर्वाधिक कमाउनेमा रह्यो भने एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशतले घट्यो । आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र मञ्जुश्री फाइनान्स लगायतका कम्पनीहरूको सर्वाधिक कारोबार भयो ।


Facebook Comments