प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

राम प्रकाश शाह पहिलो नम्बरमा

User Image मेयरसाप डेस्क | २०८२ पुष २४ गते ०८:१७
Image of https://mayorsap.com/storage/photos/shares/home-minister-1.png

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयानुसार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

एसएसपी बढुवाको सिफारिस सूचीमा विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत राम प्रकाश शाह पहिलो नम्बरमा परेका छन् । सिफारिस सूचीको दोस्रो र तेस्रो स्थानमा क्रमशः भुवनेश्वर तिवारी र ऋषि राम कँडेल रहेका छन् ।

त्यसैगरी, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट र योगेन्द्र सिंह थापा पनि बढुवा सिफारिसमा परेका छन् । सूचीको दशौँ नम्बरमा सुवास चन्द्र बोहरा छन् ।

हेर्नुहोस् सूची:-


Facebook Comments