बूढानीलकण्ठ नगरपालिकामा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते २१:४३
Image of https://mayorsap.com/storage/photos/shares/kana.jpg

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा बूढानीलकण्ठभित्र रहेका विभिन्न होटल तथा रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा खाना महोत्सव गरिएको हो ।

महोत्सवको आज शुभारम्भ गर्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय मौलिक खानाका परिकारको प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय परम्परागत रैथाने खानालाई मानिसले मन पराउन थालेकाले यसबाट रैथाने खानाको प्रवर्द्धन हुने उनले विश्वास व्यक्त गरे ।

नगरप्रमुख अधिकारीले खाना महोत्सवमा उपत्यकाभित्रका सबै नगरपालिकाका जनप्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए। तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक खाना, बूढानीलकण्ठभित्र सञ्चालित होटल, होमस्टे तथा खाना व्यवसायीको ६० वटा कक्ष रहेका छन् ।


Facebook Comments