मकवानपुरमा चालक तथा यात्रुसँग ५ मिनेट ट्राफिक सचेतना कार्यक्रम

User Image मेयरसाप डेस्क | २०८२ पुष २६ गते १०:२०
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2026-01-10-at-95601-am.jpeg

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले “चालक तथा यात्रुसँग ट्राफिक सचेतना सम्बन्धी ५ मिनेट कार्यक्रम” सम्पन्न गरेको छ।

उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चु राम फुयालको कमाण्डमा भीमफेदी गाउँपालिका–२, भैँसे क्षेत्रमा सञ्चालन गरिएको हो। 

कार्यक्रमअन्तर्गत चलिरहेका सवारी साधनका चालकहरूको मादक पदार्थ सेवन (मा.प.से.) चेकजाँच गरिएको थियो भने सवारी साधनहरूको प्राविधिक अवस्था समेत जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

सचेतना कार्यक्रमका क्रममा चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित गति, सिट बेल्ट र हेल्मेटको प्रयोग, ओभरलोड नगर्नेलगायत विषयमा जानकारी गराइएको थियो। साथै यात्रुहरूलाई पनि यात्रा सुरु गर्नु अघि सवारी साधनको अवस्था, चालकको होसहवास र योग्यता बारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने र यसले सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


Facebook Comments