दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश

User Image मेयरसाप डेस्क | २०८२ पुष २६ गते १२:५८
Image of https://mayorsap.com/storage/photos/shares/ani-20260109031919-ac1f403c.jpg

काठमाडौं । दुई भारतीय चलचित्र ९८ औं ओस्कार अवार्डको सूचीमा समावेश भएका छन् । ऋषभ शेट्टी निर्देशित ‘कान्ताराः ए लेजेन्ड च्याप्टर १’ र अनुपम खेर निर्देशित ‘तन्वी द ग्रेट’—९८ औँ ओस्कारका लागि योग्य ठहरिएका २०१ फिचर फिल्महरूको सूचीमा परेका हुन् ।

यी चलचित्रहरूले एकेडेमीका सबै योग्यता मापदण्ड पूरा गरेका छन् । जसमा निश्चित समयावधिमा सिनेमाघरमा प्रदर्शन, गोप्य ‘आरएआईएसई’ फारम बुझाउने र चारमध्ये कम्तीमा दुई समावेशी मापदण्ड पूरा गर्नुपर्ने शर्तहरू समावेश छन् । प्रारम्भिक प्रदर्शनपछि ४५ दिनभित्र अमेरिकाका शीर्ष ५० बजारमध्ये कम्तीमा १० स्थानमा प्रदर्शन भएको हुनुपर्ने पनि आवश्यक थियो ।

‘कान्ताराः च्याप्टर १’ होम्बाले फिल्म्सद्वारा निर्मित चलचित्र हो, जसले भारतको तामिलनाडु क्षेत्रमा प्रचलित दैव आराधनाको उत्पत्ति र चौथो शताब्दीको कदम्ब वंशकालसम्मको कथा प्रस्तुत गर्दछ ।

चलचित्रमा ऋषभ शेट्टीले कान्तारा वन र त्यहाँका आदिवासी समुदायका संरक्षक ‘बर्मे’ को भूमिका निर्वाह गरेका छन् । अनुपम खेर निर्देशित ‘तन्वी द ग्रेट’ मा शुभांगीले तन्वी रैना नामक मुख्य पात्रको भूमिका निभाएकी छन् । चलचित्रले अटिज्म र भारतीय सेनासँग सम्बन्धित विषयवस्तु उठान गरेको छ ।

यसमा अनुपम खेर, ज्याकी श्राफ, बोमन इरानी र करण ट्याकरले पनि प्रमुख भूमिका निर्वाह गरेका छन् । ९८औँ एकेडेमी अवार्डका मनोनयनहरू जनवरी २२ मा सार्वजनिक गरिनेछन् । एएनआई


Facebook Comments