रास्वपा सहमहामन्त्री आचार्यले फिर्ता लिए समानुपातिक सूचीबाट नाम
प्रत्यक्ष निर्वाचन लड्ने घोषणा
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १३:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
खस आर्य क्लस्टरको पहिलो नम्बरमा सिफारिस भएका आचार्यले प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीका लागि आइतबार आफ्नो नाम हटाएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै आचार्यले राजनीति र देशको बेथिति सफा गर्न अब फ्रन्ट फुटमा आएर लड्ने बेला आएको उल्लेख गरेका छन् ।
पर्दा पछाडि बसेर भन्दा प्रत्यक्ष निर्वाचनमार्फत जनताको बीचमा जानु आवश्यक रहेको भन्दै उनले आफ्नो प्रत्यक्षतर्फको यात्राका लागि सहयोगको अपिल समेत गरेका छन् ।
रास्वपामा पछिल्लो समय समानुपातिक सूचीबाट नाम फिर्ता लिने लहर नै चलेको छ । आचार्यसहित हालसम्म १३ जनाले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् ।
Facebook Comments