चौरपाटीको आठौँ गाउँसभा सम्पन्न, आर्थिक विधेयक प्रस्ताव पारित
अधुरा योजना पूरा गर्ने र बेरुजु घटाउने निर्णय
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १६:२९
अछाम । अछामको चौरपाटी गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन शनिबार विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
सभाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयक र आर्थिक विधेयक २०८३ लाई सर्वसम्मतिले पारित गरेको छ ।
अधिवेशनमा बजेट तथा कार्यक्रमहरूको समीक्षा गर्नुका साथै गत आर्थिक वर्षका अधुरा योजनाहरूको दायित्व र भुक्तानी प्रक्रियाका बारेमा समेत छलफल भएको थियो ।
सभाले विभिन्न ऐन तथा कार्यविधिहरूमा आवश्यक संशोधन र स्वीकृति प्रदान गर्दै अधुरा योजनाका लागि अपुग रकम माग गर्ने निर्णय गरेको छ ।
यसैगरी, सभामा लेखा समितिले पेस गरेको अनियमित बेरुजु फछ्र्यौट गर्ने र बैद्यनाथ नमुना माध्यमिक विद्यालयका लागि थप रकम माग गर्ने विषयमा समेत कार्यविधि पारित गरिएको छ ।
गाउँपालिकाको विकास र सुशासनलाई थप प्रभावकारी बनाउन आयोजना तथा कार्यक्रमहरूको संशोधन गर्दै अघि बढ्ने प्रतिबद्धता समेत अधिवेशनले व्यक्त गरेको छ ।
Facebook Comments