युथ एको नेपालको साधारण सभाबाट १३ सदस्य नयाँ कार्यसमिति चयन
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते २१:२१
भक्तपुर — युथ एको नेपालको साधारण सभाले आकाश गजुरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
उपाध्यक्षमा सुस्मिता फाञ्जु, सचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा अञ्जित योञ्जन, सह–सचिवमा टिकाराम खत्री र सदस्यहरूमा बिपिन ङाखुसी, जोसा जर्गा मगर, उपासना गौतम, प्रसन्न कायस्थ, दिपक परियार, शितल श्रेष्ठ तथा जीवन पोखरेल नियुक्त भएका छन्।
साधारण सभामा NGO Federation काठमाडौ का अध्यक्ष , CZOP का अध्यक्ष , मध्यपुर थिमी नगरपालिकाको उप-प्रमुख, इन्स्पेक्टर रञ्जन गिरी, संरक्षक नरेश रञ्जित, सल्लाहकार रामप्रसाद सापकोटा तथा दिव्यदिप ज्योति इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल सेमान्ता सुवेदीसहित प्रमुख अतिथिहरूको उपस्थित थियो।
एशियाकै सबैभन्दा ठूलो मेकअप कार्यशाला आयोजना गर्ने संस्थाले हालै पुस २६ देखि २८ गतेसम्म महिलाहरूका लागि निःशुल्क ३ दिने नेल आर्ट तथा मेकअप कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।
Facebook Comments