लहान नगरपालिकाद्वारा हात्तीले क्षति पुर्याएका १० घरलाई राहत प्रदान

घर मर्मत र पुनःस्थापनाका लागि पीडित परिवारलाई नगद समेत उपलब्ध गराउने

User Image मेयरसाप डेस्क | २०८२ पुष २८ गते १४:०५
Image of https://mayorsap.com/storage/photos/shares/lahan-nagarpalika-1.jpg

सिरहा । लहान नगरपालिका–१६ आरिदमार टोलमा एक साताअघि भएको जङ्गली हात्तीको आक्रमणबाट क्षति व्यहोरेका १० घरपरिवारलाई लहान नगरपालिकाले आज राहत उपलब्ध गराएको छ । 

यही पुस १७ गते राति हात्तीले क्षति पुर्याएको परिवारलाई ५०/५० किलो चामलसहित खाद्यन्न वितरण गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी दिए। यसैगरी वृद्धवृद्धा, सुत्केरी र विशेष संवेदनशील परिवारलाई फाइबर सिरक पनि उपलब्ध गराइएको उनले बताए ।  

नगरप्रमुख चौधरीले घर मर्मत र पुनःस्थापनाका लागि प्रत्येक पीडित परिवारलाई रु १०/१० हजार नगद पनि उपलब्ध गराइने जानकारी दिए । यस्तै, दीर्घकालीन रूपमा जङ्गली जनावरको जोखिम न्यूनीकरण गर्न डिभिजन वन कार्यालय, सुरक्षाकर्मी र स्थानीय समुदायसँग मिलेर पूर्वसूचना प्रणाली, निगरानी र जनचेतनामूलक कार्यक्रम अघि बढाइने उनले बताए। 


Facebook Comments