राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

User Image मेयरसाप डेस्क | २०८२ पुष २८ गते १७:५९
Image of https://mayorsap.com/storage/photos/shares/ramchandra1.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् ।

उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


Facebook Comments