नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते ०७:५३
Image of https://mayorsap.com/storage/photos/shares/congress_5.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ ।  


Facebook Comments