बकैया कप फुटबल प्रतियोगितामा आज तीन खेल हुँदै

No Author Assigned | २०८२ पुष ३० गते ०९:३८
Image of https://mayorsap.com/storage/photos/shares/football_1.jfif

मकवानपुर । सातौं संस्करणको बकैया कप फुटबल प्रतियोगितामा आज ३ खेल हुँदैछ । पहिलो खेलमा बिहान ११ बजे महिला तर्फ वडा नं–४ र वडा नं–३ बीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी पुरुष तर्फ दिउँसो १ बजे वडा नं–१० र वडा नं–२ तथा दिउँसो ३ बजे वडा नं–६ र वडा नं–९ बीच खेल हुने आयोजकले जनाएको छ।

 प्रतियोगिताको उद्घाटन खेलमा सोमबार बकैया गाउँपालिका– ३ ले विजयी सुरुवात गरेको थियो ।  वडा नं–३ ले वडा नं–८ लाई २–० गोल अन्तरले पराजित गरेको हो।  उद्घाटन खेलको पहिलो हाफमा वडा नं–३ का आयुस नेगीले उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । दोस्रो हाफमा तारा नेगीले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं–३ का आर्यन नेगी ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र उत्साह अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।


Facebook Comments