रास्वपासँगको एकता प्रक्रिया अत्यन्तै पीडादायी रह्यो : कुलमान घिसिङ

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते १२:०४
Image of https://mayorsap.com/storage/photos/shares/photo-14-bcd4caea.jpg

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरण प्रक्रिया निकै चुनौतीपूर्ण र पीडादायी रहेको बताएका छन् ।

मंगलबार आयोजित पार्टीको चियापान कार्यक्रममा बोल्दै घिसिङले रास्वपासँगको १२ दिन लामो छलफल र कसरत अत्यन्तै पीडादायी भएको बताएका हुन् ।

जेनजी आन्दोलनपछि नयाँ शक्तिहरू एक हुनुपर्ने जनभावना अनुसार उज्यालो नेपाल पार्टी घोषणा भएको महिना दिन नपुग्दै एकताको प्रक्रिया सुरु भएको थियो ।

घिसिङका अनुसार पार्टीले आफ्नो समानुपातिक मत समेत त्यागेर एकताको पक्षमा उभिने निर्णय गरेको थियो ।

‘हामीले लिखित रूपमा केवल एकजना प्रधानमन्त्री र अर्को व्यक्ति पार्टी सभापति हुने सहमति मात्र खोजेका थियौँ, त्यो बाहेक कुनै ठुलो माग थिएन,’ उनले भने ।

एकता प्रक्रियाका क्रममा विभिन्न सदस्यहरू छुट्टाछुट्टै छलफलमा जाँदा समस्या बल्झिएको र अन्त्यमा आफू साधारण सदस्य बस्न तयार भएर पनि एकता टुङ्ग्याएको घिसिङले स्मरण गरे ।

उज्यालो नेपाल र रास्वपाबीचको यो एकताले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण बनाउने अपेक्षा गरिएको छ ।


Facebook Comments