धनगढीमा एक महिला लागूऔषधसहित पक्राउ
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १२:४२
धनगढी । कैलालीको धनगढीमा राईस मिल सञ्चालन गर्दै आएकी एक महिला ठूलो परिमाणको लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेकी छन् ।
धनगढी उपमहानगरपालिका–३ विशालनगर घर भई हाल वडा नं. ८ बुद्धचोकमा भाडामा ‘गणेश राईस मिल’ चलाउँदै आएकी २५ वर्षीया लक्ष्मी चौधरीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, चौधरीको साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन र लागूऔषध तौल गर्ने डिजिटल काँटा समेत बरामद गरिएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई मिलबाटै पक्राउ गरेको हो । पक्राउ परेकी चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments