डाक्नेश्वरीमा औषधि नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित
मिलेमतोमा भ्रष्टाचार गरेकाे आरोप
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते ११:१०
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १२ वटा स्वास्थ्य चौकीका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डल र जनप्रतिनिधिको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै आन्दोलन थालेका छन् । मंगलबार ज्ञापन–पत्र बुझाउँदै उनीहरूले गैरकानुनी कार्य रोक्न दुई दिनको अल्टिमेटम दिएका हुन् ।
स्वास्थ्यकर्मीहरूले नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाइएको, ६ महिनादेखि औषधि अभाव हुँदा पनि खरिदमा चासो नदिएको र औषधि नबुझ्दै भरपाइ गर्न दबाब दिने गरिएको आरोप लगाएका छन् ।
भ्रष्टाचारमा साथ नदिँदा सामूहिक रूपमा १२ जना स्वास्थ्य चौकी प्रमुखको मनपरी ढंगले सरुवा गरिएको उनीहरूको गुनासो छ । माग सम्बोधन नभए स्वास्थ्य सेवा ठप्प पार्ने र आगामी निर्वाचनको काममा समेत नखट्ने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन् ।
यता, प्रमुख प्रशासकीय अधिकृत मण्डल र नगर प्रमुख रामलखन मलाहले भने यी आरोपहरू निराधार रहेको दाबी गरेका छन् । उनीहरूले सरुवा नियमसम्मत भएको र औषधि खरिद प्रक्रियामा रहेको बताएका छन् ।
Facebook Comments