सहमतिको प्रयास असफल, सभापतिमा गगनले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १२:३५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको केन्द्रीय सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बुधबार थापाले आफ्नो मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समिति स्रोतका अनुसार, निर्धारित समयभित्र सभापति पदका लागि थापाको मात्रै मनोनयन परेको छ ।
यसअघि बुधबार बिहान सहमतिको अन्तिम प्रयास स्वरूप थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सभापति शेरबहादुर देउवासँग वार्ता गरेका थिए । तर, उक्त वार्ता निष्कर्षविहीन बनेपछि थापाले उम्मेदवारी दर्ताको बाटो रोजेका हुन् ।
सभापतिसहित अन्य पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता भइसकेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले उम्मेदवारी दर्ताको समय सकिएको र दिउँसो १ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने जानकारी दिए ।
Facebook Comments