अमेरिकाले जनवरी २१ देखि नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने
मेयरसाप डेस्क
|
२०८२ माघ १ गते ०९:१३
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यही जनवरी २१ देखि ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको हो । तर कहिलेसम्म स्थगित गर्ने भन्नेबारे कुनै जानकारी दिइएको छैन।
विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ। आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो ।
अमेरिकाले अब अमेरिका आउने र सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर भएको आशंका गरिएका व्यक्तिलाई भिसा अस्वीकार गर्न कानुनी शक्ति प्रयोग गर्ने बताएको छ।
यी हुन् आप्रवासी भिसा रोकिने देशहरूको सूची
एसियाली महादेशका देश
नेपाल, अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन।
अफ्रिकी महादेशका देश
अल्जेरिया, क्यामरुन, केप भर्डे, कोट डिुआइवर, कंगो, इजिप्ट, इरिट्रिया, इथियोपिया, गाम्बिया, घाना, गिनी, हैटी, लाइबेरिया, लिबिया, मोरक्को, नाइजेरिया, कंगो गणराज्य, रुवान्डा, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, तान्जानिया, टोगो, ट्युनिसिया र युगान्डा।
युरोपेली मुलुक
रुस, अल्बानिया, बेलारुस, बोस्निया, जर्जिया, कोसोभो, म्यासेडोनिया ९उत्तरी म्यासेडोनिया०, मोल्डोभा र मोन्टेनेग्रो।
उत्तरी अमेरिका (क्यारिबियन सहित)
एन्टिगुआ र बारबुडा, बहामास, बार्बाडोस, बेलिज, क्युबा, डोमिनिका, ग्रेनाडा, हैटी, जमैका, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स।
दक्षिण र मध्य अमेरिकी देश
ब्राजिल, कोलम्बिया, उरुग्वे, ग्वाटेमाला र निकारागुआ।
Facebook Comments