सुन–चाँदीको मूल्यमा गिरावट

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते ११:२८
Image of https://mayorsap.com/storage/photos/shares/gold_2.jpg

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम  भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० त्यति नै चाँदीको मोल पाँच हजार ४८५ कायम भएको छ । 

बुधबार एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ मा कारोबार  भएको थियो । मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० मा कारोबार भएको थियो । 

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार एक सय रुपैयाँले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Facebook Comments