कांग्रेस विवाद : देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा
विशेष महाधिवेशन भर्सेस संस्थापन पक्ष
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १०:१४
काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवादका बीच शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार बिहानै निर्वाचन आयोग पुगेका छन् ।
नेताहरू विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ र जीतजंग बस्नेतसहितको टोलीले कान्तिपथस्थित आयोगको कार्यालय पुगेर आफ्नो पक्षको दाबी पेस गरेको हो ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको भन्दै बिहीबार आधिकारिकताका लागि निवेदन दिएपछि देउवा पक्ष दबाब बढाउन आयोग पुगेको बुझिएको छ ।
पार्टीको संस्थापन पक्षले आयोगलाई आफ्नो पक्षमा निर्णय गराउन दबाब दिइरहँदा भ्रातृ संगठन तरुण दलले समेत आयोग घेराउको तयारी गरेको छ ।
गगन पक्षले विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन वैधानिक रहेको दाबी गरिरहेको छ भने देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
दुवै पक्षको शक्ति प्रदर्शन र कानुनी दाबीका कारण निर्वाचन आयोग अहिले गम्भीर दबाबमा परेको छ ।
Facebook Comments