गोरखामा रास्वपा केन्द्रीय सदस्य परियारको गाडी तोडफोड

पार्किङ गरिएको गाडीमा मध्यरातमा आक्रमण

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते ११:४०
Image of https://mayorsap.com/storage/photos/shares/photo_62.jpg

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी गोरखामा तोडफोड भएको छ ।

पार्टी कामको सिलसिलामा भीमसेनथापा गाउँपालिका–३ पुगेका परियारको गाडी बिहीबार राति पार्किङ गरिराखेको स्थानमा तोडफोड भएको हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार स्थानीय तहको भेलाका लागि त्यहाँ पुगेका नेता परियारको सवारीसाधनमाथि अज्ञात समूहले क्षति पुर्याएको हो । 

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र दोषीको पहिचानका लागि स्थानीय प्रहरीसँग सहयोग मागिएको प्रवक्ता झाले बताए ।

पार्किङस्थलमै भएको यस घटनालाई रास्वपाले राजनीतिक प्रतिशोध वा आपराधिक क्रियाकलापको रूपमा लिँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


Facebook Comments