सरकार र दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १९:२१
काठमाडौं । सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।
छलफलमा दुर्गा प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्रीसमक्ष राखेका थिए । उनले अडान नछोडेपछि प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक छ भनेर निस्किएकी छन् ।
मन्त्रिपरिषद् बैठकपछि सरकार र प्रसाईंबीच पुनः छलफल हुँदैछ । सरकार र दुर्गा प्रसाईंबीच प्रदर्शन शान्तिपूर्ण गर्ने, समाज भड्काउने अभिव्यक्ति नदिनेलगायतका विषयमा सम्झौताको गर्ने तयारी रहेको बताइएको छ ।
Facebook Comments