कांग्रेस आधिकारिकता विवाद : देउवा पक्ष सर्वोच्चमा
'विधान मिचेर गरिएको महाधिवेशन मान्दैनौँ'
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते ११:१८
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद अब सर्वोच्च अदालत पुगेको छ ।
विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले शुक्रबार सर्वोच्चमा रिट निवेदन दायर गरेको छ ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको देउवा समूहले विशेष महाधिवेशन पक्षधरले विधानविपरीत कार्यसमिति चयन गरेको दाबी गर्दै उक्त महाधिवेशनलाई अवैधानिक घोषणा गर्न माग गरेको छ ।
अधिवक्ता लक्ष्मी दाहाल रावलका अनुसार, आयोगको निर्णयले पार्टीको स्थापित विधि र पद्धतिलाई मिचेको भन्दै देउवा पक्षले कानुनी उपचार खोजेको हो ।
निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता दिएपछि चिढिएको संस्थापन पक्षले यसलाई राजनीतिक र कानुनी रूपमा चुनौती दिएसँगै कांग्रेसको विवाद थप पेचिलो बनेको छ ।
Facebook Comments