समाजवादको जग बसाल्न रुकुम रोजे प्रचण्डले

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते १६:१९
Image of https://mayorsap.com/storage/photos/shares/prachanda_5.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार विरुद्ध कडा कदम चालेकै कारण केही शक्तिहरू मिलेर आफूलाई सरकारबाट बाहिर पठाएको दाबी गरेका छन् ।

रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै संयोजक दाहालले सुशासनको अधुरो अभियान पुरा गर्न आफू पुनः जनताको बीचमा जान लागेको बताएका हुन् ।

आसन्न निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्नुको कारण खुलाउँदै प्रचण्डले सो क्षेत्रलाई समाजवादको नयाँ ‘मोडेल’ बनाउने योजना सुनाए ।

‘म केवल चुनाव जित्न मात्र रुकुम जान लागेको होइन,’ उनी भन्छन्, ‘त्यहाँको जडीबुटी, पर्यटन र कृषिमार्फत हजारौँ युवालाई रोजगारी दिएर समाजवादको भ्रूण तयार पार्ने मेरो सपना छ ।’

जनयुद्धको आधार इलाका र चुनवाङ बैठकको ऐतिहासिक विरासतलाई सम्मान गर्न तथा शहीद र घाइते परिवारलाई न्याय दिलाउन आफूले रुकुम रोजेको उनको तर्क छ ।


Facebook Comments