डेढ लाख घुससहित बारबर्दियाका इन्जिनियर अख्तियारको नियन्त्रणमा
इन्जिनियर मल्ल घुससहित रङ्गेहात समातिए
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १८:००
बर्दिया । बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नं. ७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिए बापत उनले सेवाग्राहीसँग घुस माग गरेका थिए ।
सेवाग्राहीले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
इन्जिनियर मल्ललाई माघ १५ गते कार्यकक्षबाटै घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments