पुल्चोकमा ‘रुट्स एन्ड स्प्राउट्स’ कार्यक्रम सम्पन्न, बालविवाह अन्त्यमा पुरुषको भूमिकामाथि छलफल

User Image मेयरसाप डेस्क | २०८२ माघ १७ गते १५:५६
Image of https://mayorsap.com/storage/photos/shares/13f83bd4-e8ba-4492-89c3-cc91e3282f51.jpg

काठमाडौं । मेन इन्गेज टुलकिटसम्बन्धी छलफल केन्द्रित ‘रुट्स एन्ड स्प्राउट्स’ नामक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलमा ‘हामी दाजुभाइ’ संस्थाले पिपुल इन निड र दिव्य विकास स्रोत केन्द्रसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमका लागि बेलायतको अन्तर्राष्ट्रिय विकास कोषको आर्थिक सहयोग रहेको थियो। कार्यक्रममा स्थानीय तह, प्रदेश सरकार, नागरिक समाज, अभियन्ता तथा विभिन्न क्षेत्रका गरी करिब ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बालविवाह अन्त्यका लागि समाजमा पुरुषको भूमिकालाई समावेश गर्ने समावेशी दृष्टिकोणबारे विस्तृत छलफल गरिएको थियो। लैङ्गिक समावेशिता र कानुनका क्षेत्रमा विशेषज्ञता भएका स्रोत व्यक्तिहरूले दुई वटा अन्तरक्रियात्मक कार्यशाला सञ्चालन गरेका थिए। ती कार्यशालाबाट स्थानीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई थप परिष्कृत गर्न उपयोगी सुझावहरू संकलन गरिएको जनाइएको छ । विशेषगरी बालविवाह अन्त्यमा पुरुषको जवाफदेहिता कसरी सुनिश्चित गर्ने भन्ने विषयमा अन्तरक्रियात्मक कार्यशाला सञ्चालन गरिएको थियो ।

कार्यक्रममा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वसमेत रहेकोले विषयगत मुद्दामा विविध दृष्टिकोणबाट सार्थक बहस सम्भव भएको सहभागीहरूले बताएका छन्। साथै नारीवाद र पुरुषको सहभागिताबारे विशेष सत्र सञ्चालन गरिएकाले कार्यक्रम थप सहभागीमूलक र संवादात्मक बनेको आयोजकले जनाएको छ । 


Facebook Comments