सर्लाही–४ गगन र अमरेशबीच कडा प्रतिस्पर्धा हुने अनुमान (भिडियोसहित)
मेयरसाप डेस्क
|
२०८२ माघ २३ गते १५:३८
सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा नेता अमरेश सिंहबीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । ०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि शेरबहादुर देउवाको कोटरी छोडेर, स्वतन्त्रको शंखघोस गरेका डा.अमरेश कुमार सिंह र देउवाको राजनीतिक खाल उठाएर सभापति भएका गगन थापा यो पटक सर्लाही ४ मा आमने सामने हुुँदैछन् । शक्तिका हिसाबले यी दुुईबीचको चुनावी लडाई तारुकामा सिंग जूूरो हालेका बलिया गोरु जुधाए भन्दा भिषण हुुने देखिन्छ । काठमाडौं ४ को कम्फर्टेबल जोन छोडेर गगन सर्लाही ४ झरेपछि यो क्षेत्र चुनावी ‘हटस्पट’ बनेको छ।
तर मधेसको मसिया भन्दै आफूलाई बलियो रुपमा उभ्याएका अमरेश गगनका लागि काफी भारी प्रतिस्पर्धि पात्रको रुपमा प्रस्तुत हुुदैछन् । कांग्रेसको बागी उठेरै यसअघि बाजी मारेका अमरेशलाई यो पटक झनै ठूलो अबसर प्राप्त भएको छ । उम्मेदवार मनोनयको अघिलो दिन रास्वपाबाट टिकट बोकेर स्वतन्त्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भएका अमरेशको आत्मविश्वास हेर्दा लाग्छ यीनले गगनलाई एक पटक हैन, पटक–पटक चुनाव हराउनेबाला छन् ।
भीड हेरेर बहुुरुपी प्रतिभा देखाउन सक्ने यी मधेसका मसिया ठान्ने मुुखियालाई के खाएर यस्तो बोल्न आउँछ ? यीनको रोल देखेर सायद दिवंगत भएका भारतीय सिनेमाका भिलेन अमरेश पुरीले चित्रगुुप्तालाई साक्षी राखेर माथि बाटै मित ज्यूू प्रणाम भनिरहेका होलान् । सस्तो लोकप्रियताका लागि छिन भरमै ३६० डिग्रीमा घुुम्न सक्ने अमरेशको बहुुप्रतिभाबाला प्रतिवद्धतालाई कति सिरिएर भएर हेर्ने भन्ने प्रश्न अहम छ । यीनले गगनसंग चुनाव हारे ज्यान फाल्छु भन्नुु अघि बालेन प्रधानमन्त्री भएनन् भन्ने आत्मदाह गर्छु भनेको भर्सन अहिले पनि क्यामराको फ्रेममा कैद छ ।
अमृतको घडानै पिए जसरी १० टाउके रावणलाई नै उछिनेर, जति पटक पनि मर्न तयार छु भन्ने अमरेश तिनै पात्र हुन् जो कुनै बेला बालेनलाई काठमाडौंबाट लखेट्नुपर्छ भन्दै गलाको नसामा दवाव पर्ने गरि चिल्लाउथे । संसदमै अर्धनग्न भएर अस्वभाविक रुपमा प्रस्तुुत भएको विषय पनि धेरै पुरानो भएको छैन ।
डा.अमरेशलाई प्रश्न ? दशैमा नयाँ नाना नकिन्दिए टिका लगाउदिन भनेर बच्चाले बाउआमा घुुक्र्याए जस्तो मलाई भोट नदिए मर्छु भनेर, जनतालाई कहिलेसम्म इमोस्नल व्लाकमेलिङ गरेर राजनीतिको सटर चलाई रहने ? हामी त्यो होस भन्ने त पटक्कै चाहादैनौ तर कथम गगनसंग हार व्यहोरे फागुन २१ पछि अमरेश र जनताको भेट कुन चौतारीमा होला रु जनताको मानस्पटलमा यो कौतुुहलता कायम छ ।
अमरेशका यीनै अस्वभाविक फण्डाबाला हर्कतले सर्लाही ४ मा गगनलाई राजनीतिक लाभ मिल्ने तहबाट पनि विश्लेषण सुरु भएको छ । यद्यपी गगनमाथि पनि केही अनुुतरित प्रश्न छन् । हरेक चुनावमा पार्टी सभापति र, मिसन पिएमको फण्डा गरेर काठमाडौं क्षेत्र नं ४ का जनताबाट अनूूमोदित भएका गगनले यो पटक धोका दिएको कोणबाट हेरिएको छ । गगनको धोकाधढीको क्षतिपूर्तिको भरपोषण उनका एसमेन, अहिलेका उम्मेदवार सचिन तिम्सिनाले उठाउन सक्छन् रु देउवाको इको चेम्बर भत्काएर विद्रोह गरेर गगनपनि प्रश्नभन्दा माथि पक्कै छैनन् ।
अब गगन र अमरेशको प्रतिष्ठासँग जोडिएको सर्लाही–४ को अघिलो चुनावको गणित हेरौं
गएको चुनावमा कांग्रेसबाट विद्रोह गरेका अमरेश सिंहले २० हजार १७ मत ल्याएर जित्दा कांग्रेसका नागेन्द्रकुमार १८ हजार २५३ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२, जसपा नेपालका राकेश कुमार मिश्रले ५ हजार ८१३ पाएका थिए । बहुजन एकता पार्टी नेपालका राजा राम पासवानले १ हजार १५८ जनमतका रामबावु रायले ३ हजार ४२९ मत ल्याउँदा रास्वपाका धिरज ठाकुर ३०६ मत पाएर नवौं स्थानमा खुम्चिएका थिए ।
तर, अहिले काठमाडौंका पूर्वमेयर बालेन साह पनि रास्वपामा प्रवेश गरेपछि रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै ‘मधेश पुत्र’ ब्रान्डिङ गर्न खोजेको छ । त्यसैले गगनको मुख्य प्रतिस्पर्धी अमरेश नै हुने विश्लेषण भइरहेको छ । गएको निर्वाचनमा जसपा नेपाललाई सघाएको एमाले पनि यहाँ कमजोर छ ।
कांग्रेसबाट विद्रोह गरेर सिंहले गएको चुनावमा जित्दा समानुपातिकतर्फ पनि यो क्षेत्रमा कांग्रेस नै पहिलो भएको थियो । कांग्रेसले १६ हजार २९, जनमतले १२ हजार ५९५, नेकपा (माओवादी र एकीकृत समाजवादी) ले ९७९० ल्याउदा एमालेले ९ हजार ४७१ मत पाएको थियो ।
समानुपातिकतर्फ बहुजन एकता पार्टी नेपालले ५ हजार ४४४, जसपा नेपालले ५ हजार १५२, लोसपाले ३ हजार ६७३ र राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार १९९ मत मात्रै ल्याएको थियो ।०७४ को चुनावमा पनि एमाले र माओवादी मिल्दा पनि कांग्रेसबाट सिंहले नै जित हात पारेका थिए । त्यसैले समानुपातिक र प्रत्यक्षतर्फको मतको विश्लेषण गर्दा पनि गगनको सहज जित देखिन्छ । मुख्य चुनौतीका रूपमा हेरिएको अमरेशले जितलाई निरन्तर कायम राख्नको लागि यस पटक मतमा ठूलो उलटफेर आउनुपर्छ ।
भिडियो:
Facebook Comments