प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित
मेयरसाप डेस्क
|
२०८२ माघ २३ गते १६:४९
काठमाडौं। प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति जारी गर्दै काराखेतीलाई पार्टीबाट निष्कासित गरेको जानकारी गराएका हुन् ।
काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निश्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको बैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।
Facebook Comments